कलैयामा थप एक हस्पिटल संचालनमा आएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा बालमन्दिर अगाडी सुबिधा सम्पन्न आशिर्वाद हस्पिटल कलैया प्रा. लि को उदघाटन हुँदै औपचारिक रुपमा संचालनमा आएको हो । नेपाल सुशासन पार्टी का केन्द्रिय अध्यक्ष रमेश खरेलले एक कार्यक्रमको बिच अस्पतालको उदघाटन गरेका हुन । उदघाटन गर्दै खरेलले अस्पतालले यस भेगका जनताको लागि महत्वपूर्ण सहयोग पुग्ने बताउदै डा. साहले बिगतमा पनि सहयोग गरेको उदाहरण भएकाले छिटै सबैको पहिलो रोजाई बन्ने मा आफू आशाबादी रहेको बताएका हुन । अस्पतालले महिनाको एक दिन भएपनि निशुल्क चेकजाँच गरिने अस्पतालको डाईरेक्टर डा.राजेश कुमार साहले उद्योष गरेका छन् ।
२४ सै घन्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी सेवा,नवजात शिशु तथा बाल रोग सेवा,फिजिसियन सेवा,भिडियो एक्सरे,जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने अस्पतालको डाईरेक्टर डा.राजेश कुमार साहले बताए । डा. साहले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईने बताए ।
समाजसेवी शम्भु साह कानुको अध्यक्षता तथा नेपाल सुशासन पार्टी केन्द्रिय अध्यक्ष तथा रमेश खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पताल संस्थापक तथा डाईरेक्टर डा. राजेश कुमार साह,सहायक प्रजिअ कृष्ण प्रसाद आचार्य, बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापा, नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डा.मनोज गुप्ता नेपाल चिकित्सक संघ नारायणी का सचिव डा. नौशाद हक,एकीकृत शक्ति नेपालका केन्द्रिय सचिव नरेश चौलागाई,बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप गुप्ता उर्फ गोल्डेन,सदस्य मुकेश गुप्ता,मनोकामना कलेज का संस्थापक रामबाबु कुश्वाहा लगायत स्वास्थ्यकर्मी , स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।