तीनतले घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा रहेकोे प्रहरीले जनाएको छ ।

उनी सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका थिए । मंगलबार राति साढे ८ बजेको समयमा बरण्डामा बस्ने क्रममा अचानक तल खसेर गम्भीर घाइते भएका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

हरिवनस्थित नमूना अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय