
बारा । घरमै अचेत भेटिएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पचरौता नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय नागेन्द्र मुखिया रहेको प्रहरी ले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति सवा १० बजे घरमा अचेत अवस्थामा रहेको भनी प्रहरीलाई खबर आएको थियो ।
प्रहरी टोली पुगेर नागेन्द्रलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पठाएको थियो । उपचारको क्रममा राति पौने १२ बजे नागेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।