बारा । कलैयामा एकदिने साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्यान महासंघ बाराको आयोजना र जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा कलैया स्थित सिम्बायोसिस क्याम्पसमा बिद्यार्थीकेन्द्रित साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।क्यान महासंघ बारा शाखाका अध्यक्ष संजय केशरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिम्बोसियस क्याम्पसका प्रमुख म. सफिक अंसारी, क्यान महासंघ मदेश प्रदेशका सचिव गणेश ठाकुर, क्यान बाराका सचिव बिनोद साह र क्यान बाराका सह–सचिव सुरेश यादवको बिशेष उपस्थिती रहेको थियो ।आज भएको कार्यक्रममा साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने गरेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा समस्या बढीरहेको भन्दै साइबर अपराध न्युनीकरण गर्ने बारेमा क्यान महासंघ बारा शाखा पुर्व अध्यक्ष ई. शशिभुषण प्रसाद र बिशिष्ट अथिति प्रहरी निरिक्षक रुद्रराज कंडेलले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय