कलैया । जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड द्वारा आयोजित ‘स्टुडेन्ट अफ द इयर-२०७९ ’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कलैया स्थित सिदेश्वर बिधालयको प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको हो ।
‘स्टुडेन्ट अफ द इयर-२०७९ ’ प्रतियोगितामा कलैयाका ८ वाट स्कुलले भाग लिएको थिए ।

रेखाचित्र प्रतियोगिताका बिजेता मेरो एकेडेमी स्कुलका विद्यार्थी सबनम खातुन भएकी छिन् । दौड प्रतियोगितामा महिला तर्फ बाट बिजेता ज्ञान सरोबर एकेडेमी स्कुलका विद्यार्थी खुशी शर्मा भएकी छिन । दौड प्रतियोगितामा पुरुष तर्फ श्री ३ चन्द्र उच्च मा. बि. स्कुलका विद्यार्थी निखिल गुप्ता बिजेताभएका थिए भने वक्तृत्वकला प्रतियोगितामा बाल एकता माध्यमिक बोर्डिङ स्कुलका विद्यार्थी सुभम सिंह भएका हुन ।

ADVERTISEMENT
ADVERTISEMENT

जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड का नेहा साह कलवारको अध्यक्ष्ातामा कार्यक्रम भएका थिए।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह कलवार , विशिष्ट अतिथि मा युवा नेता मुकेश साह ,कलैया उपमहानगरपालिका वडा न. १ का वडा सदस्य शशी दास , बिरगंज पब्लिक कलेजका काेडिनेटर एन्ड हेड अफ डिपार्टमेन्टका जय किशन साह सहित विभिन्न बिधालयका प्रधानध्यापकहरु तथा अतिथिमा आशीर्वाद हस्पिटलका संचालक डा . राजेश साह , होटेल करण राज पार्टी प्यालेसका संचालक मनिलाल सराफ ,ड्रप वाटरका संचालक साहिल साह, कार्यक्रमको कोषा अध्यक्ष गणेश ब्याहुत , सन्योजक समीर शर्मा, सन्योजक अर्जुन कलवार लगायतको उपस्थित रहेको जिनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड का संचालक अन्कुश ब्याहुतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय