बारा । सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयामा रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।

१८ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंक कलैया शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिला सहित २५ जनाले रगतदान गरेको रक्तसञ्चार केन्द्रका सहकर्मीले रुटिन अफ बारा अपडेट लाई बताए ।

ADVERTISEMENT
ADVERTISEMENT

सानिमा बैंक कलैया शाखाका प्रबन्धक श्रवन कुमार गुप्ता को अध्यक्षता र प्रादेशिक अस्पताल कलैयाको सहकार्य भएको रक्तदान कार्यक्रमको उद्घाटन अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईले गरेका थिए ।

कार्यक्रमको विशिष्ट अतिथिमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल जैसवाल , बैंकका कर्मचारी साहिल राजा, बिनित साह, निशेस नेपाली , अस्पतालका रक्त बैंकका इन्चार्ज राजा बाबू लगायतको उपस्थित रहेको सानिमा बैंकका कर्मचारी वरिष्ठ सहायक साहिल राजाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय