
बारा । गढीमाई यूथ सोसाइटीको उद्घाटनको अवसरमा नि:शुल्क आँखा शिविर , रक्तदान कार्यक्रम र जेष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम सम्पन्न भएको छ ।
महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र गढीमाई यूथ सोसाइटीको आयोजनामा संस्था उद्घाटनको अवसरमा गढीमाई महेन्द्र उच्च मा.बि.प्राबि स्कूल बरियारपुर बजारको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटनको अवसरमा आयोजना गरिएको कार्यक्रममा २५० जनाले नि:शुल्क आखा शिविर , ५० जनाले रक्तदान गरेका थिए । त्यस्तै ३० जना जेष्ठ नागरिक स्वास्थ्य विमा गराएको गढीमाई यूथ सोसाइटीले जनाएको छ ।
उक्त कार्यक्रमको महागढीमाई नगरपालिका उप मेयर तारा देवी कानुले उद्घाटन गर्नु भएको थियो ।उक्त संस्थाको अध्यक्षमा ई सोनु कुमार गुप्ता, उपाध्यक्ष प्रेम प्रसाद यादव, सचिव ज्ञान प्रकाश रौनियार, सह-सचिव प्रदिप कुशवाहा कोषाध्यक्ष शान्ति चौरसिया,कार्यकारी सदस्यहरू योगीलाल कुशवाहा, बसुन्धरा गैरे,बेदप्रकाश दुबे,मनिला कुशवाहा उमाशंकर कुशवाहा गौरीशंकर साह कानु लगायतका युवाहरू सहभागी छन् ।
संस्थाका अनुसार समाज राष्ट्र र समुदायको सेवा र सहयोग गर्ने, विपन दलित पछडियका पीडिया युवा युवती बृद्ध महिला पुरूषहरूको जीवन उकास्ने , रोगी निमुखा,कमजोर मानिसहरूलाई सहयोग गर्ने , जेहनदार विधार्थीहरूको शिक्षा मुलक कार्यक्रम गरी गुणस्तरिय शिक्षाको बिधालयहरुमा गएर सहयोग गरिने। विभिन्न सिपमुलक तालीम दिने , वैज्ञानिक तरिकाले किसानहरूको खेतीपाती गर्न प्रोत्साहन गरिने जस्ता योजना लागु गरिने जनाएको छ ।