spot_img

spot_img
spot_img
spot_img
spot_img

गुणस्तरीय शिक्षाका लागि बेथितिको अन्त्य आवश्यक ः मन्त्री साह

spot_img
spot_img
spot_img
कलैया, १५ पुस/ बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताउनुभएको छ । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताउनुभयो । जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा यहाँका विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको उहाँको बुझाइ छ । शिक्षक तथा प्राध्यापकहरूले पठनपाठनमा भन्दा राजनीतिमा बढी समय दिँदा प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त हुन नसकेको उहाँको आरोप छ । कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले गुणस्तरीय शिक्षाका लागि आफू क्याम्पसलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपा एमालेका सचिव अध्याननद पाण्डेय, क्याम्पस प्रमुख रविभूषण कुसवाहा, सञ्चालक समितिका उपाअध्यक्ष जङ्गबहादुर चौरसिया, प्रध्यापक अमित मिश्र लगायतले क्याम्पसको सफलताको शुभकामना व्यतm गरेका थियो ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार