
बारा । गृह मन्त्रालयले बारा जिल्ला सहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बाराको प्रमुख जिल्ला अधिकारीको रुपमा नवराज सापकोटा आउने भएका छन् ।
यस भन्दा अघि ऊनी रोल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । हाल बारामा रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको गृह मन्त्रालयमा सरुवा भएको छ ।नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको छ ।