spot_img

spot_img
spot_img
spot_img
spot_img

कलैयामा बन्ने भयो ४ करोडको लागतमा नगर सभा गृह , मुख्यमन्त्रीले गरे शिलान्यास

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

कलैया । कलैयामा ४ करोडको लागतमा नगर सभा गृह निर्माण हुने भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रामजानकी मन्दिरको जग्गामा कलैया उपमहानगरपालिकाले बनाउन लागेको नगर सभा गृहको मुख्यमन्त्री यादवले शिलान्यास गरि उदघाटन गरेका हुन । १३ कट्ठा जग्गामा बन्न लागेको नगर सभा गृह बनाउन साहु कन्ट्रक्सन रौतहटले ठेक्का पाएको प्रमुख प्रसासकिय अधिकृत नाथु साहले जानकारी गराए ।

- Advertisement -
neelamb

सभा गृह बनाउन ५ करोड ६० लाख ९५ हजार ३ सय ८८ रुपैया ४८ पैसा भ्याट समेत रहेकामा ठेकेदारले ४ करोड ७ लाख ९२ हजार ९३ रुपैया ८१ पैसामा ठेक्का साकार गरेको हो । योजनालाई ३ बर्ष भित्र सम्पन्न गर्न समय सिमा भए पनि मेयर बिनोद साहले योजनालाई आफुले २ बर्ष भित्र नै सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन । 

नगर सभा गृहको शिलान्यास गर्दै प्रमुख अतिथी मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले पैसाको घटाघट हैन अवधिको घटाघट गराएर अब बाट टेन्डर गराउने बताएका छन । राम्रो कर्मचारीलाई राम्रो स्थान र भ्रस्टाचार गर्ने कर्मचारीलाई छड्दिन मुख्यमन्त्री यादवले बताएका छन । आफ्नो प्रमुख काम प्रदेश बाट भ्रस्टाचार अन्त्य गर्ने रहेको मुख्यमन्त्री यादवले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार