
कलैया । सहिद दिवसका अवसरमा कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कुल द्वारा बिज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
बिधालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमका बीच प्रदर्शनी गरिएको हो । उक्त बिधालयका कक्षा ५ देखि ९ सम्मका बिद्यार्थीहरुले आ आफ्नो टिमको सहयोगमा तयार गरेका बिज्ञानका समानहरु प्रदर्शनी गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामबिश्वास ठाकुर रहनु रहेका थिए । उनले प्रदर्शनीले बिज्ञान बिषय प्रति बिद्यार्थी एवम अभिभावकको समेत आकर्षण बढाउने बताएका छन । कार्यक्रमका विशिष्ट अतिथिको रुपमा कलैया उपमहानगरपालिका का शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख बिजय अधिकारी रहेका थिए ।
प्रमुख अतिथि ठाकुरले यस्ता प्रदर्शनी जरुरी रहेको कारण आफुले आउदो आव बाट यी र यस्ता शैक्षिक प्रदर्शनीको लागि बजेट बिनियोजन गर्ने तथा बजेट छुट्याउन पहल गर्ने बताए ।
कार्यक्रममा बिरेन्द्र कर्ण, अशोक कुशवाहा , नरेन्द्र कुमार निधि , रेयाज अन्सारी , बिजय साह लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्षता गरेका बिधालयका प्रबन्धक सुमोध सरार्फले बाराका सबै शिक्षा प्रेमीको सल्लाह सुझाव बमोजिम बिधालय अगाडी बढिरहेको र आफुहरुको पहिलो प्राथमिकता नै उच्च स्तरको शैक्षिक हब कलैयामा तयार गर्ने रहेको बताए । शैक्षिक हब तयार भए यहाका बिद्यार्थी बाहिर जान नपर्ने स्थितिको सृजना गर्ने जसबाट समय तथा पैसाको बचत हुने बताए । स्वागत मन्तव्य दिदै बिधालयका प्रधानाध्यापक रुपेश स्वर्णकारले आजको समयमा बिज्ञानको महत्वपूर्ण आवस्यकता रहेको र कलैयामा यसको प्राप्तीका लागि हर पहल थाल्ने बताए ।
प्रदर्शनीमा टिम १ बाट कक्षा ५ का सुस्मिता सहनी,रुक्सार खातुन,अनामिका यादव,रेशमा खातुन रहेका थिए । टिम २ बाट कक्षा ९ का प्रेरणा साह र प्रेक्सा साह त्यस्तै टिम ३ बाट कक्षा ८ का सुरज कुश्वाहा,आकाश श्रीवास्तव,विशाल कुमार यादव रहेका थिए । टिम ४ बाट कक्षा ९ का शुभम सिंह,बिबेक साह र अमन साह त्यस्तै टिम ५ बाट युवराज सिंह,रोबिन यादव,अनुज सिंह,शुभान खान,शैलेश प्रजापती रहेका थिए । टिम ६ मा देव सागर कुश्वाहा,आयुश गुप्ता रहेका थिए । टिम ७ बाट अक्छित पाल,रिजवान हुसेन,देब कुमार यादव,आयुश साह र सागर पटेल त्यस्तै टिम ८ बाट श्रेया सरार्फ,रोशनी साह,रोशनी कुश्वाहा,आकृती यादव,शृस्टिना श्रेष्ठ,सुहाना खातुन,पृती यादव र कृस्टिना साह रहेका थिए । कार्यक्रमको सन्चालन बिधालयका शिक्षक मनोज सेढाईले गरेका थिए ।