
बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा गढीमाई धार्मिक महोत्सव -२०७९ हुने भएको छ । धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजक एवं ब्यवस्थापकले जनाएको छ । बिहिवार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले महोत्सवको तयारीलाई तीव्र पारिएको जनाएको छ।
फागुन २ गते देखि १५ गते सम्म गढीमाई मन्दिरको प्राङ्गणमा हुने भएको छ। कलश यात्रा फाल्गुन २ गते विहान ८ बजे हुने छ । धार्मिक महोत्सवको समुउद्घाटन समारोह फाल्गुन २ गते दिउँसो १ बजे हुने भएको छ । महागढीमाई नगरपालिका बरियारपुर -१ बारामा अवस्थित श्री गढीमाई मन्दिरको प्राङ्गणमा हुने धार्मिक महोत्सवको उदेश्य गढीमाई बहुमुखी क्याम्पसका लागि जग्गा खरिद एवम् भवन निर्माणकार्यका लागि आयोजना गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले बताए ।
” श्री गढीमाई धार्मिक महोत्सव -२०७९”को आयोजक गढीमाई बहुमुखी क्याम्पस रहेको छ भने महोत्सवको व्यवस्थापन समिति जिनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । ” श्री गढीमाई धार्मिक महोत्सव -२०७९” को प्रमुख वाचक बालतपस्वी प.श्री उत्तम भट्ट महाराज हुन । धार्मिक महोत्सवमा धार्मिक गुरुहरुबाट प्रवचन हुने छ भने अन्य सांस्कृतिक कार्यक्रम,भारतीय कलाकार र नेपाली चर्चित कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने भएको आयोजकले पत्रकार सम्मेलन गरि जनाएको छ ।
महायज्ञको अवसरमा विभिन्न जिल्लाबाट ५ लाख भन्दा बढी भक्तजनहरू आउने अपेक्षा जनाइएको छ। धार्मिक महोत्सवको प्रचारप्रसार तथा आवश्यक तयारीका लागि ९ सदस्यीय समिति गठन गरिएको छ र गढीमाई ट्रस्ट समितिका १०७ सदस्यहरु ले रु २५ हजारका दरले धार्मिक महोत्सवमा दान दिने भएका व्यवस्थापन मूल समितिका संयोजक तथा नगर प्रमुख यादवले बताए । मेला सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएका छन् । मेयर यादवले एक हप्ता भित्र गढीमाइ मन्दिरको वरिपरिको सबै टहरा हटाउन निर्देशन दिएका छन् ।
आज भएको पत्रकार सम्मेलनमा महागढीमाइ नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादव , नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादव, प्रमुख जिल्ला अधिकारी नवराज साप्कोटा , जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापा, सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक , गढीमाइ ट्रसट समितिका सदस्यहरु, समीर शर्मा, अर्जुन कलवार जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड का संचालक अन्कुश ब्याहुत, स्थानीय जन प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।