कलैया । बारामा जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । आउ मिली सहयोग गरौं संस्था द्वारा आयोजित ‘जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगिता ’ कार्यक्रम शनिवार सम्पन्न भएको हो । करैयामाइ गाउपालिकाको हयोगमा र आउ मिली सहयोग गरौं संस्थाको आयोजनामा आयोजित जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगिता करैयामाइ गाउपालिका-८ स्थित नरही चैक बजारको प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको हो ।

जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगितामा बाराका ३० वाट बिधालयले भाग लिएको थिए ।बाराको बाल एकता बोर्डिङ स्कुल, कलैया ब्राइट लायणड स्कुल, श्री ३ चन्द्र उच्च मा. बि. स्कुल ,श्री ने. रा वि स्कुल इटहर , श्री जनता माध्यमिक विधालय बारागढी बुद्धगाइ, श्री नेपाल रास्ट्रिय माध्यमिक विधालय करैयामाइ – ७ पिपरा बजार , श्री जन सामुदायिक माध्यमिक विधालय मधुवन हरैया, केयर भिजन स्कुल जितपुर सिमरा लगायतले प्रतियोगितामा भाग लिएका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

उक्त प्रतियोगिताको विजेता सेन्ट जोन्स एकाडेमी सिमरा भएको छ । उक्त बिधालय बाट भाग लिएका ३ जना बिद्यार्थीहरु रितेश साह, जाया लाल, उत्पल पोखरेललाई नगद ५० हजारको साथै ट्रफी , मेडल , कापी र प्रमाण-पत्र प्रदान गरिको हो ।
दोस्रो हुने श्री जनता माध्यमिक विधालय उमजन ३ जना बिद्यार्थीहरु बृजकिशोर साह, विराजन साह, प्रतीक्षा चौधरीलाई ट्रफी , मेड्ल, कापी र प्रमाण-पत्र प्राप्त गरेका थिए त्यस्तै तेस्रो हुने श्री नेपाल रास्ट्रिय माध्यमिक विधालय विश्रामपुरका ३ जना बिद्यार्थीहरु निरन्जन कुमार महतो ,आस्था कुमारी गुप्ता , रुपेश साह लाई पनि शिल्ड मेड्ल, कापी र प्रमाण-पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै करैयामाइ गाउपालिका का गाउपालिका अध्यक्ष शम्भु प्रसाद यादवले शिक्षाको गुणस्तर बढाउन करैयामाइ गाउपालिकाले सक्दो सहयोग गर्ने बताए ।

आउ मिली सहयोग गरौं संस्थाका अध्यक्ष लिला राज चौधरीको अध्यक्ष्ातामा कार्यक्रममा प्रमुख अतिथि करैयामाइ गाउपालिका का गाउपालिका अध्यक्ष शम्भु प्रसाद यादव , विशिष्ट अतिथि बारागढि गाउपालिका का अध्यक्ष अशोक जैसवाल , करैयामाइ गाउपालिकाकी उपाध्यक्ष सुनैना चौधरी,जिल्ला समन्वय समितिका अधिकृत अमोद चौधरी , करैयामाइ गाउपालिका का वडा न.८ का वडा अध्यक्ष दिनेश प्रसाद चौधरी , करैयामाइ गाउँ कार्यपालिकाका सदस्य सुरेन्द्र प्रसाद साह, करैयामाइ गाउपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतो , करैयामाइ गाउपालिका का शिक्षा संयोजक लक्ष्मण भट्टराई , बारागढी गाउपालिका का शिक्षा अधिकृत जलमती चौधरी , करैयामाइ गाउपालिका का इन्जिनियर अवधेश कुशवाहा, शिक्षा विकास तथा समन्वय समितिका उपेन्द्र प्र. चौधरी तथा अतिथि आउ मिली सहयोग गरौं संस्थाका पदाधिकारीहरु विशाल नेपाली , शम्भु कुमार सहनी , संगिता तामाङ,रामअशिष यादव,नवराज यादव , प्रधानध्यापकहरु, करैयामाइ गाउपालिका का स. समन्वय शिक्षा शाखाका उमेश यादव ,श्री ने. रा वि करैयामाइ गाउपालिका वार्ड न.८ इटहर का प्र.अ बिरेन्द्र चौधरी, बाल एकता माध्यमिक अंग्रेजी बोर्डिङ स्कुल का शिक्षक बिजय साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन आउ मिली सहयोग गरौं संस्थाका निल्षन राई र कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अनिल पाठकले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय