
बारा । बारा जिल्लाकी प्रदर्शनी कुमारी मधेसी समुदाय बाट प्रथम महिला प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्नु भएको छ ।
उनी ओखलढुँगाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुनु भएको हो । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ निवासी प्रदर्शनी कुमारी गत माघ ११ गते ओखलढुँगा जिल्लाको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन ।
यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् । मधेशी समुदायबाट पहिलो महिला सिडिओ भएपछि समाजिक सँजालमा बधाई दिनेहरुको लर्को देखिएको छ ।