
कलैया । विश्व प्रसिद्ध गढिमाइको पावन भुमि महागढीमाई नगरपालिका अवस्थित बरियारपुरमा ‘ श्री गढिमाइ रमाइलो महोत्सव-२०७९ ‘ मंगलवार देखि सुरु भएको छ । उक्त महोत्सवको महागढिमाइ नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उद्घाटन गर्नु भएको हो ।
महोत्सव फाल्गुन ०२ गते देखि फाल्गुन १५ गते सम्म हुने भएको छ । महोत्सवमा देश तथा विदेशका विभिन्न कलाकारहरुको बिहान १० बजे देखि राती ९ बजे प्रस्तुति समेत हुने आयोजकले जनाएको छ ।
महागढीमाई नगरपालिका बरियारपुर -१ अवस्थित श्री गढीमाई मन्दिरको प्राङ्गणमा सुरु भएको धार्मिक महोत्सवको उदेश्य गढीमाई बहुमुखी क्याम्पसका लागि जग्गा खरिद एवम् भवन निर्माणकार्यका लागि आयोजना गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् ।
” श्री गढीमाई धार्मिक महोत्सव -२०७९”को आयोजक गढीमाई बहुमुखी क्याम्पस रहेको छ भने महोत्सवको व्यवस्थापन समिति जिनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । ” श्री गढीमाई धार्मिक महोत्सव -२०७९” को प्रमुख वाचक बालतपस्वी प.श्री उत्तम भट्ट महाराज हुन । धार्मिक महोत्सवमा धार्मिक गुरुहरुबाट प्रवचन हुने छ भने अन्य सांस्कृतिक कार्यक्रम,भारतीय कलाकार र नेपाली चर्चित कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने भएको आयोजकले जनाएको छ ।
जिनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि. का संचालक अन्कुश ब्याहुतको सभापतित्व र महागढिमाइ नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख अतिथिमा उद्घाटन भएको थियो ।
उद्घाटन कार्यक्रमको विशिस्ट अतिथि मनोज गुप्ता , वार्ड न.१ का मनोरञ्जन समिति सदस्य विश्वनाथ कुशवाहा,गढिमाइ बहुमुखी क्याम्पसका अध्यक्ष बिजय सवन्कार , कार्यपालिका सदस्य महेश जयसवाल,क्याम्पसका प्रधानाध्यापक धर्मेन्द्र यादव ,पर्व वार्ड बिरेन्द्र राउत बरै ,गढीमाइ ट्रस्ट संचालन समितिका पर्व सचिव मोतिलाल कुशवाहा ,प्रमुख वाचक बालतपस्वी प.श्री उत्तम भट्ट महाराज , कैलाश महतो, .अतिथिमा गढीमाइ ट्रस्ट समितिका सदस्यहरु, जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड का सह- संयोजक समीर शर्मा, अर्जुन कलवार गनेश ब्याहुत ,रोशन कलवार,श्याम सिंह ,जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड का संचालक अन्कुश ब्याहुत, स्थानीय जन प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन जी न्यूज नेटवर्क का संचालक आनन्द शर्माले गरेका थिए।