
जुम्लामा ग्यास लिक हुँदा आगलागी भएको छ । चन्दननाथ नगरपालिका– ६ बसपार्क स्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार न्यौपानेको तीन तले घरको भुइँतलामा आगलागी हुँदा ४ वटा कोठा र माथि तला जाने भर्र्याङ् मा क्षती पुगेको छ ।प्रहरीका अनुसार सो घरमा भाडामा वसेका नवराज खड्का खाना पकाउदै गर्दा एक्कासी रेगुलेटरमा आगो निस्केर आगजनी भएको हो । उनका अनुसार लिक भइरहेको आगो निभाउन खोज्दा ग्यास ढलेको र अन्य कपडामा आगो सरेपछि आगलागी भएको थियो ।आगलागी भइरहेको समयमा दोस्रो र तेस्रो तलामा रहेका मानिसहरुको उद्धार गरिएको छ । सोही घरको दोस्रो र तेस्रो तलामा बस्ने सरस्वती बुढ्थापा, प्रमिला बुढा, कर्मकन्या हमाल, पूजा बुढा र माया लक्ष्मी बुढाको त्यसभन्दा पल्लो निर्माणाधीन घरमा भर्याङ राखेर उद्दार गरिएको प्रहरीले जनाएको छ ।स्थानीय गोपाल रोकायाले दमकल समयमै दमकल आए पनि आगलागी भएको घरसम्म पुग्ने बाटो नभएका कारण आगो निभाउन जान सकेन । तर नजिकै रहेको कालीबहादुर बुढाको घरको ट्यांकीबाट पानी झिकेर आगो निभाइएको हो ।
–OK