
कलैया टि–२० मेयर कप क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ । मंगलवार कलैया स्थित सिदेस्वर खेल परिषरमा एक कार्यक्रम बीच कलैया टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उद्घाटन कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद साहले गरेका थिए ।
कलैया उपमहानगरपालिकाको मुख्य सहयोगमा र कलैया क्रिकेट क्लबले आयोजनामा कलैया मेयर टि–२० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको हो । कलैयाको सिद्धेश्वर स्थित खेल मैदानमा सन्चालन भएको प्रतियोगितामा नेपाल र भारतका गरि ६ वटा टिमले भाग लिएका आयोजकले जनाएको छ । प्रतियोगितामा कलैया , वीरगन्ज , चितवन र मकवानपुर तथा भारत बिहारको बेतिया र मोतिहारी क्रिकेट क्लबले भाग लिएको आयोजक कलैया क्रिकेट क्लबलका अध्यक्ष तसिरुद्दिन मन्सूरले बताए ।
प्रतियोगितको उपाधि विजेता टिमलाई नगद ६० हजार सहित ट्रफी र उपविजेता टिमलाई नगद ३० हजार सहित ट्रफी प्रदान गरिने अध्यक्ष मन्सूरले बताए । मेयर कप क्रिकेट प्रतियोगिताको मंगलवार भएको पहिलो खेलमा भारत बिहारको बेतिया लाई पराजित गर्दै मकवानपुर विजयी भएको छ । मकवानपुर क्रिकेट कल्बले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा १६४ रन बनाएको थियो । भारत बिहारको बेतियाले ११२ रन बनाएका थियो । मकवानपुर ५२ रनले विजयी भएको थियो । सो खेलका उत्कृष्ट खेलाडी मैन अप दि म्याच आशिष् पोख्रेल भएका थिए ।
त्यस्तै दोस्रो खेलमा चितवन क्रिकेट कल्बले १३८ रनको लक्ष्य दिएकोमा कलैया क्रिकेट कल्बले १३.३ ओभरमा १४२ रन ल्याई २ बिकेट गुमाई विजयी भएको हो । सो खेलको मैन अफ दि म्याच कलैया क्रिकेट कल्बका तृतराज दास भएका थिए ।