कलैयामा शनिबार सम्पन्न कलैया टि -२० मेयर कपको उपाधि वीरगञ्जले हात पारेको छ । कलैया क्रीकेट क्लब द्घारा आयोजित कलैया टि -२० मेयर कप क्रिकेट प्रतियोगितामा मकवानपुरलाई पराजित गर्दै वीरगञ्ज विजयी भएको हो ।

कलैया स्थित सिदेस्वर खेलमैदानमा भएको फाइनल खेलमा वीरगञ्जले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ९ बिकेट गुमाई १४१ रन बनाएको थियो । वीरगञ्जको लागि सुरज पटेलले ४९ रन, नसरुद्दिन अन्सारीले २१ र सम्साद मन्सुरले १७ रन गरेका थिए । वीरगञ्ज २३ रनले विजयी भएको थियो ।वीरगञ्जका लागि साहिल हवारिले ४ बिकेट,रन्जित कुमारले २ बिकेट तथा सैफुल्लाह अन्सारीले २ बिकेट लिएका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

मकवानपुर क्रिकेट क्लबले १९.४ ओभरमा १० बिकेट गुमाइ ११८ रन बनाएर पराजित भएको हो । मकवानपुरका सुवर्ण भट्टले २८ रन ,सक्षम बस्ताकोटीले २५ र गौरव खड्काले २२ रन गरेका थिए ।

मकवानपुरको लागि समीर चौलागाईंले ४ ओभर बलिङ्ग गर्दै २६ रन दिएर २ विकेट लिएका थिए । रिजन ढकालले ४ ओभरमा ९ रन दिएर २ बिकेट लिए भने राम नरेश गिरि,विशाल फुयल र आशिष् पोखरेलले १/१ बिकेट लिएका थिए ।

त्यस्तै प्रतियोगितामा खेलको मैन अप दि म्याच वीरगञ्जका कप्तान सुरज पटेल , बेस्ट बलर कलैया क्रीकेट क्लबका तृतराज दास,बेस्ट ब्याट्स म्यान मकवानपुरका शुभ कन्सकार,उदयीमान खेलाडि मकवानपुरका आशिष् पोखरेल,प्रतियोगिताको म्यान अफ द सिरिज मकवानपुरका शुभ कन्सकार घोषित भएका थिए ।

बिजेता वीरगञ्जले नगद ६० हजार सहित ट्रफी र प्रमाणपत्र पाएका थिए भने उप विजेताले नगद ३० हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र पाएका हुन । दोश्रो नगद पुरस्कार ३० हजार बाल एकता क्याम्पसका रुपेश सरार्फले हस्तान्तरण गरेका थिए ।

कलैया क्रीकेट क्लबका अध्यक्ष तसरुदिन मन्सूरको अध्यक्षतामा र कलैया उपमहानगरपालिका का उप – प्रमुख रौशन प्रविनको प्रमुख अतिथिमा भएको फाइनल खेलमा विशिस्ट अतिथि कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साह,कलैया उपमहानगरपालिका का प्रशासन शाखा प्रमुख दिवाकर झा,कलैया नगर खेलकुद बिकास समिती सम्योजक एम समिउल्लाह,बारा कृकेट संघ का अध्यक्ष प्रभात चौरसिया,कलैया उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश मन्डल,कलैया सिटि जेसिज २०२२का अध्यक्ष सन्दिप बरै, कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य एवम युवा नेता शशी दास (ब्रेटली) खो खो प्रशिक्षक क्यामुदिन मन्सूर,बाल एकता क्याम्पसका प्रधानाध्यापक रुपेश सरार्फ,ब्राईट ल्याण्ड बोर्डिङका सन्चालक मनोज यादव,बारा खेलकुद बिकास समितिका कार्यालय प्रमुख प्रदिप शर्मा,ग्यालेक्सी बोर्डिङको सन्चालक महाबिर रिसाल,एनएलजी ईन्स्योरेन्स कम्पनिका प्रदेश प्रमुख शैलेश राज रेग्मी,महालक्ष्मी मोबाईलको एरिया म्यानेजर दिलिप खड्का,खेलकुद प्रेमी अरबाज अन्सारी,बजाज शो रुमका सह सन्चालक रजत गुप्ता लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सुदिप चौधरीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय