
बाराको सदरमुकाम कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कुल तथा +२ विज्ञान र व्यवस्थापनको ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ । बिधालयको प्राङ्गणमा शनिबार एक कार्यक्रमका बीच बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष भोला साहको अध्यक्ष्ातामा भएको कार्यक्रमको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले उद्घाटन गरेका थिए । अभिभावक दिवसको अवसरमा विधालयले संस्कृतिक कार्यक्रम , गीत , नृत्य , नाटक लगायत विभिन्न किसिमको प्रस्तुति प्रस्तुत गरेका थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद साहले आज को दिन सम्म कलैयामा १० कक्षा पछी बिद्यार्थीहरु बाहिर जाने गरेको र बाल एकताले ११ र १२ पनि समावेश गरेकोमा धन्यवाद दिदै अब उप्रान्त बिद्यार्थीहरु बाहिर जानू नपर्ने र कलैया मै गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने बताएका थिए । साथै कार्यक्रमा कक्षा ७,९,१० र १२ का बिद्यार्थीहरुले काली माताको भूमिका राम्रो खेलेकाले रु ५१०० नगद पुरस्कर दिनु भएको थियो । बिधालयमा हाल करिब १८ सय बिद्यार्थी अध्ययनरत रहेको बिधालयका प्रधानाध्यापक रुपेस सरार्फले बताएका छन् ।
बाल एकता बाराको एक ख्याती प्राप्त बिधालय भएको र थप ब्यवहारिक शिक्षामा आफुहरु लागेको सरार्फले बताएका छन । उनले आफ्नै बिधालयभवन,खेलकुद ,मैदान,पुस्तकालय,प्रयोगशाला,आफ्नै छात्राबास समेत रहेको बताए । यहाँ अध्ययन गरेका बिद्यार्थीहरु देशका विभिन्न स्थानमा प्रशासनिक सेवामा,डक्टर,ईन्जिनियर,पत्रकार सङ्गै राजनैतिक छेत्रमा समेत पुगेको सरार्फले बताए । कलेजमा बिज्ञान र ब्यवस्थापन सन्काय समेत सन्चालमा रहेको सरार्फले जनाएका छन ।
बाल एकता बोडिङ स्कुलका विधालय व्यवस्थापन समितिका अध्यक्ष भोला साह सोनारको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद साह थिए ।
कार्यक्रमको विशिस्ट अतिथि कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साह, प्रमुख शिक्षा युवा तथा खेलकुद महाशाखा का प्रमुख प्रहलाद प्रसाद बर्णबाल, नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहा, कलैया उपमहानगरपालिका वार्ड न.६ का वार्ड अध्यक्ष राम बिश्वास ठाकुर , नेशनल प्याब्सन केन्द्रिय सचीव अलिमहमद , कलैयामा प्रथम बो. स्कुल संचालक गर्ने सिद्धि विनायक बो. स्कुलका प्रधानाध्यापक भरत बहादुर मल्ल,ब्रहमकुमारी कलैयाका सुस्मा निथी , नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू यादव , नेपाल भारत मैत्री संघका प्रदेश सचिव पवन अग्रवाल,
उधोग वाणिज्य संघका उपाध्यक्ष प्रदीप गुप्ता ,२०२३ का कलैया सिटि जेसिजका अध्यक्ष सुभाष जैसवाल र अतिथिमा श्री ३ चन्द्र मा.वि कलैयाका प्रधानध्यापक नरेन्द्र गिरि ,मधेस प्रदेश शिक्षक तालीम केन्द्र नेल्टाका कोषाध्यक्ष नरेन्द्र कुमार निधी, रामराजा महुमुखी क्याम्पसका चिफ नेल्टाका बाराका अध्यक्ष हरिभुषन कुशवाहा, रेयाज अन्सारी ,बिजय साह, ने.रा.मा.बी मदर्शाका प्रधानाध्यापक मनोज साह,दुर्गा माबी बरेवाका प्रधानाध्यापक मनोज यादव, बि.पि कोईराला फाउन्डेसन बाराका अध्यक्ष राजेश सिंह,मनकामना कलेजका संस्थापक रामबाबु कुश्वाहा सहित अभिभावक एवम शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।
बाल एकता बोडिङ्ग स्कुलका डाईरेक्टर सुमोध सरार्फले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन बिधालयका शिक्षक मनोज सेढाईले गरेका थिए ।