
जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार रामसहाय प्रसाद यादवलाई बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादव बताए । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् । बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव चुनावमा लड्ने निश्चित छ ।