spot_img

spot_img
spot_img
spot_img
spot_img

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

spot_img
spot_img
spot_img
नयाँ दिल्ली, १४ असार भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो।
अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।
घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार