
कलैया । रक्त सञ्चार केन्द्र बिरगंजमा रगतको चरम अभाव भएकोले कलैया सिटी जेसीजद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैया स्थित भरत चौकमा शनिबार एक कार्यक्रम आयोजना गरि कलैया सिटी जेसीजले रक्त सञ्चार केन्द्र बिरगंजमा रगतको चरम अभाव भएकोले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कलैया सिटी जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जना पुरुषले रगतदान गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
कलैया सिटी जेसीज वर्ष २०२३ का अध्यक्ष सुभाष जैसवालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि उधोग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिमा उधोग बाणिज्य संघ बाराका उपाध्यक्ष प्रदीप कुमार साह,रक्तदान कार्यक्रमका संयोजक कलैया सिटि जेसीज बर्ष २०२३ का उपाध्यक्ष जेसी धर्मेन्द्र प्रसाद यादव,रक्तदान कार्यक्रममा पुर्व अध्यक्षहरु,वोर्डका पदाधिकारी तथा सदस्यहरु,कलैया सिटि जेसिज २०२२ का अध्यक्ष सन्दिप बरै,कलैया सिटी जेसीज वर्ष २०२३ का महासचिव जेसी आदिल अंसारी र २०२३ का कानुनी सल्लाहकार जेसी पवन कुशवाहा लगायतको उपस्थित रहेको कलैया सिटी जेसीज वर्ष २०२१ का पुर्व अध्यक्ष शम्भु गुप्ताले बताएका छन् ।