प्रहलाद चौरसिया,वीरगञ्ज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगञ्जको अभिमुखीकरण, सुचना तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य संघका प्रतिनिधिहरुले कार्यप्रति को जिम्मेवारी ईमान्दारी पुर्वक गरुन्, अनुशासनमा रहून् ट्राफिक नियमको पालना र एचआईभी एड्सको बारेमा जानकारी गराउनु थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

त्रीजुद्ध माध्यमिक विद्यालय बार्ताको भवनमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष राम गोसाइँले गरेका थिए भने प्रमुख अतिथिमा नेपाल मेडिकल एसोसिएसन वीरगंजका अध्यक्ष डा. मनोज कुमार गुप्ता, विशिष्ट अतिथिमा ट्राफिक प्रहरी वीरगञ्जका इन्स्पेक्टर मनिराम थापा, संघका केन्द्रीय उपाध्यक्ष मनोज साह, नरेन्द्र कुशवाह, पियनका शुसिल कुमार सिंह, शिवाजी यादव लगायतकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रमेश कुमार गिरि र आशिष गुरागाईंले प्रशिक्षण दिनुभएको थियो । यस्तै कार्यक्रमको संचालन तथा उदघोषण मौसम राज भट्टराईले गरेका थिए । बिहान देखि बेलुका सम्म आयोजित उक्त कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय