बाराको टाँगियाबस्तीमा स्थानिय र प्रहरी बिच दोहारो भिडन्त हुँदा दुई प्रहरी घाइते भएका छन् ।

जितपुर सिमरा–१६ टाँगियाबस्तीमा प्रहरीले छापामारी गर्दा भरुवा बन्दुक सहित पक्राउ परेका ३५ वर्षिय सागर लामालाई प्रहरी नियन्त्रणबाट जोगाउन आएका स्थानिय र प्रहरी बिच झडप हुँदा दुई प्रहरी घाइते भएका हुन् । झडपमा परी प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरिक्षक बालराज गिरी घाईते भएका छन् । शाहीको बाँया हातमा चोट लागेको छ भने गिरीको बाँया कुम र बाँया हातमा चोट लागेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

ईलाका प्रहरी कार्यालय निजगढबाट मंगलबार बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी गर्दा पक्राउ परेका लामालाई प्रहरीले वडा सदस्यको रोहबरमा मुचुल्का उठाई लैजान लाग्दा स्थनियवासी प्रहरी माथी खनिएका थिए । करिब तीन सयको सङख्यामा रहेका स्थानीयले १५ जनाको प्रहरीटोली माथि ढुङगा मुढा वर्षाएका थिए । स्थानीय वासिन्दा प्रहरी बिरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।

स्थानियले जनावरका अंग र लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र वोगटीले जानकारी दिए । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा छापा मार्न प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमापुगेको थियो ।लामाको घरबाट प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने वस्तु २ वटा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताए ।

उनका अनुसार लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको भन्दै उनको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय