
कलैयामा हेल्पिङ हैण्ड युथ सोसाइटीद्वारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृहत खुला रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
सो रक्तदान कार्यक्रमको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उद्घाटन गर्नुभएको हो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैया,ब्लड बैंकको सहकार्यमा हेल्पिङ हैण्ड युथ सोसाइटीले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमको सहयोगी सुर्य ज्वयलर्स रहेको थियो ।
रक्तदान कार्यक्रममा ७ महिला सहित २३ जना पुरुषले रक्तदान गरेको प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले जानकारी दिएका छन । रक्तदान गर्नेमा हेल्पिङ हैण्ड युथ सोसाइटीका सदस्यहरु,पुनम पाण्डे,अभिषेक साह,शसस्त्र प्रहरीहरु लगायतको उपस्थिति रहेकोे थियो ।
प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको अभाव भएको बेला अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हेल्पिङ हैण्ड युथ सोसाइटीका अध्यक्ष गप्ताले बताए ।
हेल्पिङ हैण्ड युथ सोसाइटीका अध्यक्ष राजकुमार गप्ताको अध्यक्षतामा रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रममा प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईं,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,राष्ट्रिय अनुसन्धान बाराका उप–निर्देशक प्रमुख अभिनय कुमार सिंह,नेपाली सेना ज्वालादल गण बाराका सेनानी कुमार खडका,कलैया ट्राफिक कार्यालय बाराका प्रहरी नायब निरीक्षक राजेन्द्र गैर,शस्त्र प्रहरी,कलैया उपमहानगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष मोहन छेत्री,वडा सदस्य शशी दास,कलैया सिटी जेसीज वर्ष २०२१ का पुर्वअध्यक्ष शम्भु गुप्ता,प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकका सहयोगी किरण साह तथा संस्थाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।