जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा आइतबार गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रगतदान गरेका छन् ।

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक महिला सहित ६८ जनाले रगत दान गरेका हुन् ।

ADVERTISEMENT
ADVERTISEMENT

प्रादेशिक अस्पताल कलैया र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रहरी कार्यालयको प्राङगणमा आइतबार एक कार्यक्रमबीच उक्त बृहत रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा रक्तदाताहरुलाई बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले प्रमाणपत्र वितरण गनुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी बल,सामुदायिक सेवा केन्द्रका अध्यक्ष,नेपाल रेडक्रस सोसाईटी शाखा कलैयाका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि र सन्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय