spot_img

spot_img
spot_img
spot_img
spot_img

समयमै कार्यालय नआउने कर्मचारी हाजिरीमा चल्यो रातो मसी

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बाराको महागढीमाई नगरपालिकाले बिना जानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने १० जना कर्मचारीहरुको हाजिरी पुस्तिकामा रातो मसी लगाई दिएको छ ।

- Advertisement -
neelamb

बिना जानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका प्राविधिक,नगर प्रहरी,कार्यालय सहयोगी,सवारी चालक लगायत दश जना कर्मचारीहरुको हाजिरी पुस्तिकामा नगरप्रमुख उपेन्द्र यादवले रातो मसी लगाईदिएका हुन ।

नगरप्रमुख यादवले आइतबार बिहान १०ः५० बजे गरेको छड्के अनुगमनका क्रममा बिना जानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको पहिचान गरेर हाजिरीमा रातो मसी लगाइएको बताए । नगरप्रमुख यादवले हाजिरी फाइल चेक गर्दै दश जना कर्मचारीहरुको हाजिरीमा रातो मसी लगाइएको छ ।

नियमन गर्दै नियमित ढङ्गबाट सेवा प्रवाहका लागि बिना जानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको नगरप्रमुख यादवले जानकारी गराएका छन । कतिपय कर्मचारी बेलामा कार्यालय नआउने,कार्यालय आएका कर्मचारी पनि कार्यालय समयमा नभेटिने लगायतका गुनासो सेवाग्राहीबाट आएपछि नगरप्रमुख यादवले छड्के तथा अनुगमन गरेका हुन् ।

नगरप्रमुख यादवले समयमै कार्यालय आउन र पोसाक अनिवार्य लगाउन निर्देशन दिनु हुँदै प्रक्रिया पु¥याएर बिदामा बस्न र कार्यालय बाहिर ननिस्कन कर्मचारीहरुलाई सुझाव दिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार