spot_img

spot_img
spot_img
spot_img
spot_img

बारामा विभिन्न मुद्दामा फरार १३ जना प्रतिवादी पक्राउ

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई बारा प्रहरीले नियन्त्रणमा लिइएको छ ।

- Advertisement -
neelamb

प्रहीले कुटपिट अंगभंगको मुद्दामा अदालतबाट ३ महिना कैद र १० हजार जरिवाना पाएका बाराको कलैया उप-महानगरपालिका वडा नं.२ मा बस्ने अन्दाजी ४३ वर्षीय संजय गिरीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

सवारी ज्यान मुद्दामा अदालतबाट २ महिना १ दिन कैद र २ हजार रुपैया जरिवाना पाएका कलैया उप-महानगरपालिका वडा नं. ८ मा बस्ने अन्दाजी ४३ वर्षीय रामबाबु प्रसाद यादव पनि पक्राउ परेका छन् ।

जालसाजी मुद्दामा अदालतबाट १ सय रुपैया जरिवाना पाएका कलैया उप-महानगरपालिका वडा नं. २७ मा बस्ने अन्दाजी ४५ वर्षीय शम्भु सहनी मलाह पक्राउ परेका छन् ।

त्यस्तै चेक अनादर मुद्दामा अदालतबाट ३ हजार जरिवाना पाएका कलैया उप-महानगरपालिका वडा नं.११ मा बस्ने अन्दाजी ३१ वर्षीय संतोष कुमार साह पक्राउ परेका हुन् ।

सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा अदालतबाट १ वर्ष कैद र १ लाख ५० हजार जरिवाना पाएका कलैया उप-महानगरपालिका वडा नं. १७ बस्ने अन्दाजी ७२ वर्षीय महमद मुस्तकीम अंसारी पक्राउ परेका छन् ।

कुटपिट अंगभंग मुद्दामा अदालतबाट ३ महिना कैद र १० हजार जरिवाना पाएका जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २० बसडिलवा बस्ने अन्दाजी ३५ वर्षीय तेज नारायण चौधरी थारू पनि पक्राउ परेका छन् ।

जालसाजी मुद्दामा अदालतबाट १ सय रुपैयाँ जरिवाना पाएका कोल्हवी नगरपालिका वडा नं.५ सोनाभार बस्ने अन्दाजी ४४ वर्षीय सुरज भन्ने सुर्य नारायण चौधरी,महागढिमाई नगरपालिका वडा नं. ९ पिप्राविर्तामा बस्ने अन्दाजी ७५ वर्षीय सुरेन्द्र दास,सोही ठाउँमा बस्ने अन्दाजी ४४ वर्षीय लगटु दास तत्मा,सोही ठाउँमा बस्ने अन्दाजी ६२ वर्षीय जैकर्ण दास तत्मा भन्ने जय करण दास पनि पक्राउ परेका छन् ।

त्यस्तै कुटपिट मुद्दामा अदालतबाट ७ सय ६६ रुपैया ६६ पैसा जरिवाना पाएका महागढिमाई नगरपालिका वडा नं. ११ मा बस्ने अन्दाजी ३९ वर्षीय सिताराम प्रसाद यादव र सोही ठाउँमा बस्ने अन्दाजी ५२ वर्षीय मदन प्रसाद साह पक्राउ परेका छन् ।

जालसाजी मुद्दामा अदालतबाट १ सय रुपैया जरिवाना पाएकी आदर्शकोतवाल गाँउपालिका वडा नं. २ चिउटाहामा बस्ने अन्दाजी ३५ वर्षकि नगिना कुमारी पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार