spot_img

spot_img
spot_img
spot_img
spot_img

बारा आएर अर्थ मन्त्रीले भने निजगढ विमानस्थल सरकारको प्राथमिकतामा छ

एयरपोर्ट बने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री महतको भनाइ

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाराको निजगढ विमानस्थल सरकारको प्राथमिकता रहेको बताएका छन् । जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुन बारा आएका अर्थ मन्त्री महतले यस्तो बताएका हुन ।

- Advertisement -
neelamb

उनले भने,  “बाराको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ” । एयरपोर्ट बने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री महतको भनाइ थियो ।

उनले गढीमाई मन्दीरको दर्शन गर्दै सुवर्ण गाउँपालिकामा रहेको सन्तगञ्जस्थित सिम्रौनगढ छोटी भन्सार नाका अवलोकन तथा निरीक्षण समेत गरेका छन् । निरीक्षणको क्रममा उनले आवश्यक पूर्वाधार तयार पारेर सिम्रौनगढ छोटी भन्सारलाई अझै व्यवस्थित गरिने बताएका छन् ।

निरीक्षणको क्रममा उनले भने, “दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारतीय पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरूप लिन्छ, अनि विस्तार हुन्छ ।”

अर्थ मन्त्री महतले महागढीमाई नगरपालिकाको प्रशासकीय भवन समेत उद्घाटन गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार