spot_img

spot_img
spot_img
spot_img
spot_img

बारा : बिल बिजकभन्दा बढीको ३१ लाखको समान बोकेका ट्रक प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बारामा बिल बिजकभन्दा बढीको सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -
neelamb

जिल्लाको जीतपुर सिमरा उप- महानगरपालिका-१ पथलैया चोक स्थित वीरगंजबाट काठमाण्डौ र रौतहटबाट चितवन जादै गरेको गाडीहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको ३१ लाख ६ हजार ३ सय ६ रूपैयाको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पथलैया बाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा बिल विजक भन्दा बढी समान नियन्त्रणमा लिएको बाराका प्रहरी प्रब्क्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रहरीले ना.३.ख.४५३० नम्बर को ट्रकमा लोड गरिएको २९ लाख ८२ हजार ३ सय ६ रुपैयाँ बराबरको खुद्रा समान बरामद गरेको छ ।

त्यस्तै प्र.२-०३-००१ च.२३९४ न. को पिकअपमा लोड गरिएको १ लाख ४ हजार मुल्यको २६ सय के.जी. प्याज  त्यस्तै बा.प्र.-०३-००१ ख ०१८९ नं. को यात्रु बाहक बसमा लोड भएको २० हजारको मुल्य बराबरको ४ सय किलो प्याज बरामद गरेको छ ।

प्रब्क्ता न्यौपानेका अनुसार उक्त  समान सहित ट्रक र पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया  पठाईएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार