spot_img

spot_img
spot_img
spot_img
spot_img

भन्सार छलीका समान बारा प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बारा प्रहरीले भन्सार छलीको ९४ हजार ३ सय रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको छ।

- Advertisement -
neelamb

ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाट खटिएको प्रहरीको टोलीले आदर्श कोटवाल गाउँपालिका वडा नं ७ कोतवालीमा भन्सार छली ल्याउँदै गरेको बिआर ०५ ए ८८६२ नंबरको मोटरसाइकलबाट २५ हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको छ ।

यस्तै क्रेजी पञ्च चकलेट २० डिब्बा, क्रेजी तमोरिन्ड चकलेट १९ डिब्बा, क्रेजी त्लावरड लेली १९ डिब्बा, डुगा स्विट्स जामुन चकलेट ४२ डिब्बा र मोबाइल सिलुट १३ पैक गरी जम्मा २९ हजार मुल्य बराबरको समान ईलाका प्रहरी कार्यालय जितपुरले बरामद गरेको छ ।

यस्तै जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित पथलैयामा वीरगन्जबाट काठमाडौँ तर्फ जाँदै गरेको बा.प्र. ०२२-००६ ख ५८५८ नंबरको को यात्रु बाहक बसबाट स्टेरीङ कभर २२ पिस, ठुलो लेस ४३ पिस, सानो लेस ५३ पिस, स्टिकर २४ पिस, रिप्लेकट्र वाइर ४ पोका गरी जम्मा ४० हजार ३ सयको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो।

यात्रु वाहक बस गन्तव्य तर्फ गएको र मोटरसाइकल नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार