spot_img

spot_img
spot_img
spot_img
spot_img

वीरगञ्ज युनाइटेडद्वारा तेस्रो मनहर्वा गोल्डकपको उपाधिमाथि कव्जा

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

 वीरगन्ज युनाइटेड क्लब वीरगञ्जले रिगल हेटौंडा रिसोर्टलाई २–० ले पराजित गर्दै  तेस्रो मनहर्वा गोल्डकपको उपाधि माथि कव्जा जमाएको  छ ।

- Advertisement -
neelamb

जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको उपाधि भिडन्तमा वीरगञ्जले सफलता पाएको हो ।

वीरगञ्जको जितमा बिशाल खड्का र अमर डंगोलले समान एक÷एक बललाई जाली चुमाएका थिए । बिशालको गोलबाट खेलको ३५ औं मिनेटमो वीरगञ्जले अग्रता लिएको थियो । अमरले ८८ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा हेटौंडाले केही राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि होडमा उभिएको हेटौंडा उपविजेतामा सीमित भएको हो ।

वीरगञ्जले दुई लाख नगद हात पारेको छ । उपविजेता हेटौंडाले एक लाख प्राप्त गरेको छ । विधागत पुरस्कारतर्फ वीरगञ्ज अगाी देखिएकोे छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार वीरगन्जका अमर डंगोलले प्राप्त गरे । सर्वाधिक गोलकर्ताको पुरस्कार समेत डंगोलको खातामा प¥यो । उत्कृष्ट गोलरक्षक वीरगञ्जका दिलमणी चौधरी घोषित भए । उत्कृष्ट डिफेन्स विकास चौधरी भए । उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले प्राप्त गरे । यी खेलाडीहरु वीरगञ्जकै हुन् ।  हेटौंडाका सुजल गुरुङले उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक मौवादेवी युवा क्लबका शिवकुमार सुवाल घोषित भए ।

यसैगरी प्रतियोगिताको फेयर प्लेको उपाधी आयोजक मौवादेवी युवा क्लबले प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच वीरगन्जका सागर चौधरी भए ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नं. १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्वअध्यक्ष बसन्त खतिवडा लगायतले पुरस्कार तथा शिल्ड कप वितरण गरेका थिए । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । खेलकुदको विकासका लागि विद्यालय तहमै लगानी गर्नुपर्छः नगर प्रमुख पौडेल

तेस्रो मनहर्वा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै बताएका छन् । उनले खेलकुद क्षेत्रमा अहिले करोडौंको लगानी भएको उनले जनाए । प्रतिफल सन्तोषजनक हुन नसकेको उनले बताए । विद्यालय तहमा हुने लगानीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए । उपमहानगरपालिकाको कार्यालयले हाल दुई करोड ५४ लाख रुपैया खेलकुद क्षेत्रमा लगानी गरिरहेको उनले  बताए ।

राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नका निम्ति खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिका अघि बढ्ने उनको भनाई थियो ।

क्लबका अध्यक्ष निर्मल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राजु कार्कीले गरेका थिए । कार्यक्रममा पूर्वअध्यक्ष बसन्त खतिवडाले स्वागत मन्तब्य राखेका थिए ।

समापन कार्यक्रममा वडाध्यक्ष हरिदेव खरेल, हिराबहादुर गुरुङ, श्याबाबु खाँ, हेमनारायण चौधरी, दीपेन्द्र चौधरी, कार्यपालिका सदस्य प्रभावती पासवानको विशेष उपस्थिति थियो । यस्तै नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, साना किसान कृषि सहकारी संस्था मनहर्वाकी अध्यक्ष नयनकला खड्का लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता  रहेको थियो ।

तस्वीरः कपका साथ वीरगञ्ज युनाइटेडका खेलाडी

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार