spot_img

spot_img
spot_img
spot_img
spot_img

राष्ट्रपति शैक्षिक सुधार अनुदान : ४ कोठे भवन अनुदानको प्रतिक्षामा मटिअर्वा मा.वि

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं १० स्थित श्री नेपाल राष्ट्रीय माध्यमिक विद्यालय मटिअर्वामा पठन-पाठनका लागी भवन अभावले विभिन्न कक्षाहरु मर्ज गरेर अध्ययन अध्यापन भईरहेको छ।

- Advertisement -
neelamb

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन अनुदानको लागी विद्यालयले ४ वर्ष देखि फारम भर्दै आएको छ। तर उपमहानगरले सिफारिस नगर्दिदा अहिले विद्यालयमा भवन अभावका कारण कक्षाहरु मर्ज गरेर पठन-पाठन गर्ने अवस्था आएको हो । विद्यार्थी संख्या बढेपछि विद्यालयले ५ वर्ष देखि दुई सिफ्टमा कक्षा संचालन गर्दै आईरहेको छ।

विगतका ५ वर्षमा उक्त विद्यालयमा विद्यार्थीको संख्या ह्वातै बढेको छ। छिमेकी गाउँ बसतपुर धर्मनगरबाट विद्यार्थीहरु आउन थालेपछि भवनको अभाव भएको हो। वडा नं १० मां मात्रै ३ वटा गाउँ मटिअर्वा, निलकण्ठवा र उत्तर मटिअर्वा टोल पर्छ । उक्त विद्यालयमा कक्षा ११ र १२ को व्यवस्थापन र शिक्षा संकायमा समेत पठन-पाठन हुन्छ ।

विद्यार्थीको संख्या र शिक्षक दरबन्दी

विद्यार्थीको संख्या १५ सय ८३ छ। जसमा छत्राको संख्या ८२० र छात्रको संख्या ७६३ रहेको छ। विद्यालयमा विद्यार्थीको संख्या सबैभन्दा बढि ८ कक्षामा छ। आठ कक्षामा विद्यार्थीको संख्या ३०७, कक्षा एकमा ८९, कक्षा दुईमा १०२, कक्षा तीनमा ९८, कक्षा चारमा ११७, कक्षा  पांचमा १२१, कक्षा छ मा ११५, कक्षा सातमा १२५, कक्षा नौं मा १२१, कक्षा दसमा १२०, कक्षा एघारमा ११० र कक्षा बाह्रमा १३० रहेको छ।

माध्यमिक तहमा कक्षा ११ र १२ समेत पठन-पाठन हुने उक्त विद्यालयमा शिक्षक दरबन्दी २० जना मात्रै रहेको छ। माध्यमिक तहमा मात्रै ५ जना दरबन्दी हुनुपर्छ तर १ जनाको मात्र माध्यमिक तहमा दरबन्दी रहेको विद्यालयको स्थिति एकदम दयनीय रहेको छ।

कक्षा कोठा र आवश्यकता

एक शिक्षकले बढिमा ५० जनालाई मात्र पढाउन पाउने प्रावधान रहेपनि यहाँ एउटा शिक्षकले सधै ८०/९० जना विद्यार्थीलाई पठाउनुपर्ने अवस्था छ।

विद्यार्थीहरुको लागि विद्यालयमा १३ वटा कोठा मात्र छ जबकि कक्षा ११ र १२ कै लागि मात्रै ४ वटा ( शिक्षा र व्यवस्थापन संकाय गरी ) कोठाको आवश्यकता पर्छ। बालविकास देखि लिएर कक्षा १० सम्म ११ वटा कोठा चाहिन्छ । विद्यार्थी संख्यालाई आधार मान्ने हो भने अहिले मात्र १७ वटा कोठाको आवश्यकता देखिन्छ । तर हाल १३ वटा कोठा मात्र छन्  । कक्षा कोठा अभावको कारण सधै कक्षाहरू मर्ज गर्नुपर्ने अवस्था रहेको छ।

बि.स. २०१६ देखि सञ्चालीत उक्त विद्यालयको अहिलेको प्रधानाध्यापक रामबाबु कुशवाहा हुनुहुन्छ। हामीसँगको कुराकानीमा उनले भने “हामीलाई कक्षा मर्ज गरेर अध्यापन गराउनु पर्ने अवस्था छ। हामीले चारवर्ष देखि राष्ट्रपति ४ कोठे भवनको लागि आवेदन दिदै आएका छौँ। एक पटक पनि हाम्रो नाम परेको छैन्। मैले व्यक्तिगत नगर प्रमुखलाई पटक पटक अनुरोध गर्दै छु। आशा छ मेयर साबले यो पाली हाम्रो नाम पराउनुहुन्छ।”

“विद्यालयले प्राविधिक शिक्षाको लागि समेत अनुमति पाएको छ। मधेस प्रदेशबाट विद्यालयलाई २४ वटा कम्प्युटर प्राप्त भएको ३ वर्ष वितेको छ तर प्राविधिक शिक्षाको लागि समेत भवन नभएकोले कम्प्युटरहरु थन्किर रहेका छन्। प्राविधिक शिक्षाको लागि समेत विद्यालयलाई ७ वटा कोठाको आवश्यकता छ।” प्रधानाध्यापकले भने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार